चितवन। चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका दशौं बार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष एवम् पूर्व अध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि छलफलसँगै अनुमोदन समेत गरिएको थियो । सोही अवसरमा खरेलले काउन्सिललाई विघटन गरी निर्वाचन प्रक्रियाको लागि पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेललाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् सचिवालय तथा सहकारी विभागका विभागीय संयोजक प्रमेश्वर भण्डारी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल र प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन अधिकृतको रुपमा रहनुभएको थियो ।
निर्वाचन समितिले संघको बिधान २०७८ दफा ३३.१ ङ को व्यवस्था बमोजिम गभर्निङ काउन्सिलको पाँचौं अधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष एवम् सदस्यहरुको नाम घोषणा गरेको थियो । नवनिर्वाचत समितिको अध्यक्षमा भेषराज दुवाडी, सदस्यहरुमा गुणाकर खरेल, तारा प्रसाद पौडेल, सोमराज मरहट्टा, हरि प्रसाद सुवेदी र राजु पौडेल रहनुभएको छ ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले निवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीलाई माईन्युट हस्तान्तरणसँगै पदभार गराउनु भएको थियो ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका नवनिर्वाचित अध्यक्ष भेषराज दुवाडीले संघको अभिभावकीय भूमिकामा रही संघको छवी उच्च राख्ने अभियानमा आफ्नो जिम्मेवारी रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यसैबीच गभर्निङ काउन्सिलको पहिलो बैठकले समितिका सदस्य राजु पौडेललाई उपाध्यक्षमा चयन गरेको थियो ।