काठमाडौं । कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।
केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।
साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ ।