चितवन। भरतपुर अस्पतालले कोरोना महामारीका कारण रोकिएको अस्पतालको मासिक बुलेटिन प्रकाशन गरेको छ । अस्पतालका गतिविधि सहित प्रकाशित हुने मासिक बुलेटिनको बिमोचन आज बाग्मती प्रदेशकी सांसद गिता वाग्ले र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गर्नुभएको हो ।
चार बर्षदेखि प्रकाशन भएको मासिक बुलेटिन चैत्र महिनाबाट प्रकाशन रोकिएको थियो । अस्पतालमा भएका गतिविधि, स्वास्थ्य सम्बन्धी चेतना मुलक विषयलाई बुलेटिन प्रकाशन गर्दै आएको छ । मासिक बुलेटिन ४ पृष्ठको रहेको छ । वाग्मती प्रदेश सांसद गीता वाग्ले प्रमुख अतिथि रहनुभएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ,उद्योग सघ चितवनका अध्यक्ष राजु पौडेल, भरतपुर अस्पताल व्यवस्थापन समितिका सदस्य मुकुन्द दाहाल, मेसु प्रा.डा.कृष्णप्रसाद पौडेल, अस्पतालका पुर्व मेसु जगन्नाथ तिवारी, लगायतको उपस्थिती रहेको थियो ।