काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप १ हजार ७६० जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार १२ हजार ५२४ ओटा पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० ओटा एन्टिजेन परीक्षण गर्दा ४२८ जना गरी कुल १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा १हजार २२० जना संक्रमणमुक्त भएका छन् भने सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाको सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।
सो अवधिमा काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ३६० जना, ललितपुर जिल्लाका ७२ जना र भक्तपुर जिल्लाका ६३ जनामा कोरोना संक्रमण फेला परेको हो ।