चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ।
जुवा खेलिरहेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ १ लाख ४४हजार १सय ७० रुपैयाँसहित पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर–८ लक्ष्मीनगर जुवाडेहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापा अनुसार घरको तल्लो तलामा तास खेलि रहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको हो ।
प्रकाउ पर्नेहरुमा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं.८ लक्ष्मीनगर बस्ने बर्ष ४१ को कृष्ण श्रेष्ठ , खैरहनी नगरपालिका वडा नं.६ पुरानोपर्सा बस्ने वर्ष ४४ को नविन बस्नेत , खैरहनी नगरपालिका वडा नं.८ पर्सा बस्ने बर्ष ४१ को बिष्णु सुनार राप्ती नगरपालिका वडा नं.६ भण्डारा वस्ने बर्ष ३९ को सुदिप गिरी , राप्ती नगरपालिका .वडा नं.६ भण्डारा बस्ने बर्ष २८ को दिपेश बर्तौला राप्ती नगरपालिका वडा नं.६ भण्डारा बस्ने बर्ष ३६ को चुडामणी थपलिया , राप्ती नगरपालिका वडा नं.४ डडुवा बस्ने बर्ष ६८ को केशव प्रसाद तिमिल्सिना र राप्ती नगरपालिका वडा नं.५ भण्डारा बस्ने बर्ष ३५ को सुदन धरेल रहेको छन् । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेकाे डिएसपी थापाले बताए।