भरतपुर। नेकपा (एकीकृत समाजवादी) चितवनको जिल्ला अध्यक्ष डा.कृष्ण पन्तको अध्यक्षतामा बसेको सचिवालय बैठकले १४ जनालाई विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ।
आज बसेको सचिवालय बैठकले आर्थिक विभागमा अरुणपीडित भण्डारी, संगठन विभाग प्रमुखमा कुलप्रसाद लामिछाने, स्कुल विभागमा जिल्ला अध्यक्ष कृष्ण पन्त, महिला विभागमा शुशिला लामिछाने, शिक्षा विभागमा अविरल भण्डारीलाई प्रमुखको जिम्मेवारी दिएको छ । तेस्तै प्रचार विभाग प्रमुखमा विष्णुराज महतोलाई जिम्मेवारी दिइएको छ ।
क्षेत्रीय इन्चार्जमा क्षेत्र नम्बर १ मा कृष्ण पन्त,क्षेत्र नम्बर २ मा कृष्णराज न्यौपाने लब्लि, क्षेत्र नम्बर ३ मा अरुणपीडित भण्डारीलाई दिइएको छ । यस्तै इन्चार्जहरुमा भरतपुरमा नरेन्द्र कनदङवा, माडी नगरमा प्रेम तिमिल्सिना, रत्ननगरमा दुर्गाप्रसाद घिमिरे, खैरहनी नगरमा शम्भु लामिछाने र राप्तीमा हेमन्त कँडेल छन्।
बैठकमा पार्टीका बागमती प्रदेश कमिटी ईञ्चार्ज केदार न्यौपाने प्रमुख अतिथि रहेका थिए भने बागमती प्रदेश सभा सदस्य कृष्ण खनाल, सुर्य लामिछानेलगायतको उपस्थिति विशेष अतिथिमा रहेको थियो ।