रूपन्देही ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार रुपन्देहीका अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउने भएका छन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए । रूपन्देही जिल्लाको अगुवा कार्यकर्ता भेला भएकाले यो परिस्थितिमा पनि कोभिड १९ को सचेत भएर कार्यक्रम गर्न थालेको र कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण नेता कार्यकर्तालाई क्रियाशील बनाइएको नेकपा रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुबेदीले बताए ।