चितवन। आर्थिक बर्ष २०८१/०८२ शुरु भए सगै भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाइ निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको हो ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको छ । नियमित बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ ।
उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् ।
भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज सोमबार भरतपुरका विभिन्न वडाहरुमा स्वच्छ बजार अनुगमन गरेको छ । समितिले भरतपुरका दुध डेरि,मासु पसल,किराना पसल लगाएतका १५ भन्दा बढी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनमा फेला परेका अखाद्य बस्तुहरुलाइ बिज्ञ र स्वयं पसलेहरुको रोहवरमा जहाको तहि नष्ट समेत गरिएको छ । अनुगमनका क्रममा अखाद्य प्रमाणीत भएको चुक अमिलो,क्यान जुस,दुध,दही,घ्यु,पनिर,सुर्तीजन्य पदार्थहरुमा हेलचक्राइ गरेको पाइएकोले निर्धारित मापदण्ड पुरा गरेर सन्चालन गर्न निर्देशन दिइएको छ, महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले भने, ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । त्यस्तै भरतपुर ४ पिपलचोकमा रहेको नारायणी केमिकल सप्लायर्सले जथाभावी रुपमा केमिकल तथा केमिकल जन्य वस्तुहरुको बिक्रीवितरण गर्नुका साथै डेगु फैलिन सक्ने गरि केमिकलका ड्र्महरु राखेकोले सचेत रहन निर्देशन दिइएको छ ।
सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । पछिल्लो पटक बजारमा कालो बजारी बढेकाे,म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सन्चालनमा आएका, कुनै कुनै पसलहरु नवीकरण नगरिकन संचालित भएका लगाएतका जनगुनासोहरु व्यापक आएको हुँदा हामीले बजार अनुगमनलाइ पुन निरन्तरता दिएका हौ भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने,बजार अनुगमनमा हामी मात्रै छैनौ उनले भने । हामीसग जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि ,पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको साथ र सहयोग छ ।
अनुगमनमा समितिका सदस्य गोपाल दराइ, बिष्णु भुजेल,पशु चिकित्सक तथा मत्स्य बिज्ञहरु, पत्रकार, नगर प्रहरी लगाएतको उपस्थिति रहेको थियोे ।
बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।