चितवन । भरतपुर अस्पतालमा बिहीबार बिहान ११ः३५ बजे कोभिड संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ११ की ६७ वर्षीया महिला रहेकी छन् ।
उनी केही दिनदेखि भरतपुर अस्पतालको कोभिड आइसियूको भेन्टिलेटरमा उपचाररत थिइन्। योसँगै चितवनमा कोभिडबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ । चितवनमा कोरोना भाइरस सङ्क्रमितको संख्या सात हजार नाघेको छ । बुधबारको तथ्याङ्क हेर्ने हो भने कुल सङ्क्रमितको संख्या सात हजार दस पुगेको छ ।