चितवन ।नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले आँफु पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आँफु एमालेमै रहेको घोषणा गर्नुभएको छ ।
उहाँले पार्टीभित्र रहेका समस्याका विषयमा पार्टीभित्र नै छलफल गर्न सकिने भएकोले पार्टी विभाजनको बाटोमा नलाग्ने बताउनुभयो । विज्ञप्तिमा विभाजनले कसैको पनि राजनीतिक उद्देश्य पूरा नहुने र लोकतान्त्रिक मूल्य मान्यता विपरित हुने भएकोले विमतिका विषयमा नेकपा एमालेमै रहेर छलफल गर्न भन्दै काफ्लेले नेकपा एकीकृत (समाजवादी) सँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँले पार्टी विभाजनको पक्षमा लाग्नेहरु सबैलाई पार्टीभित्र रहेर छलफल गर्न अनुरोध गर्नुभएको छ ।काफ्लेले नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीको जिम्मेवारी दिएपनि त्यसलाई अस्वीकार गर्दै नेकपा एमालेमा रहेको र नेकपा एकीकृत समाजवादीसँग कुनै सम्बन्ध नरहेको जानकारी दिनुभएको हो ।