काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।हिजो बस्ने भनिएको बैठक प्रतिनिधिसभा बैठक लम्बिएका कारण आजलाई सारिएको थियो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक बोलाइएको छ । एमाले कार्यालय सचिव शेबरहादुर तामाङका अनुसार बैठक बिहान ९ बजे बस्नेछ।आजको बैठकमा विधान महाधिवेशन प्रतिनिधि, दस्तावेज र व्यवस्थापन० र चालु संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।