काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।
१२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।