नवलपरासी । सुस्ता स्थित नारायणी नदिमा बनेको नेपालकै लामो झोलुङ्गे पुल सुरु गरेको १० वर्षमा निर्माण सम्पन्न भएको छ ।निर्माण सम्पन्न भएसँगै पुलमा क्षमता भन्दा बढी चाप हुन थालेको छ ।अधिकांश भारतीय मोटरसाइकलले पुलको भार बहन क्षमता भन्दा बढी सामान ओसारपसार गरिरहँदा पुल कमजोर हुने भन्दै सम्बन्धित ठेकेदार कम्पनीले सुस्ता गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
“खास यो पुल पैदल यात्राको लागि मात्रै बनाइएको हो,तर एउटै बाईकमा तीन चारजना हिँड्ने मालसामान ओसारपसार गर्ने हुँदा पुल कमजोर हुने कुरा प्राविधिक बाट हामीलाई जानकारी आएको छ,यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ हामी सोचिरहेका छौ”सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भन्नू भयो ।यसरी नै क्षमता र मापदण्ड भन्दा बढी भयो भने पुल कमजोर हुने प्राविधिक पक्षले सचेत गराएको छ”उपाध्याय ले भन्नू भयो ।
सुस्ताको लाइफलाइनको रुपमा हेरिएको यो पुलले नारायणी नदी सुस्ता पारिका नागरिकको जीवनस्तर उकासिने विश्वास लिइएको छ ।
२३ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई १ हजार ५ सय ७१ मिटर रहेको छ भने चौडाई १.६ मिटर रहेको छ ।खुला सिमाका कारण पुलको वास्तविक उद्देश्य भन्दा फरक रहेर दुरुपयोग हुने तर्फ गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ । पुलको भार बहन क्षमतालाई ध्यानमा राख्दै प्रहरी पोष्ट स्थापना गरिनु पर्ने वा अन्य विकल्प खोजिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले बताउनुभयो ।
पुल बनेसँगै वर्षौँदेखि भारतीय यातना खेप्दै र जोखिम पूर्ण ढुङ्गाबाट सकसपूर्ण यात्रा गर्दै आएका सुस्तावासीको समस्या समाधान हुने छ ।