चितवन। उद्योग वाणिज्य संघ–चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा भई आएका प्रमुख जिल्ला जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्वागत गरेको छ ।
प्रजिअलाई स्वागत गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले विगत लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवनको सम्बन्ध प्रशासन कार्यालयलगायत जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूसँग सुमधुर रहँदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले संघको सक्षिप्त जानकारी दिँदै चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि सबै निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले छिमेकी तथा अन्य मुलुकबाट आउने पर्यटकलाई आगमन प्रक्रियामा सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वागत एवं परिचय कार्यक्रम आयोजना गरी यहाँका उद्योगी व्यवसायीहरुसँग परिचय गर्ने अवसर प्रदान गरेकोमा संघप्रति आभार व्यक्त गर्दै चितवन आर्थिक सामाजिक एवं रणनीतिक हिसावले मह¤वपूर्ण जिल्ला भएको बताउँदै यहाँको शान्ति सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले नवआगन्तुक जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिँदै उद्योग वाणिज्य संघ–चितवन व्यवसायीहरूको संस्था भए तापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागिरहने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले यस आर्थिक वर्षमा कोभिडका बेलाभन्दा बढी आर्थिक मन्दी भएको बताउँदै पार्किङको अभावले नारायणगढबजार सुक्दै गएकोले साइड रोडमा पार्किङ गर्न नदिने कुरा बजारमा आएकोले एक साइड मिलाएर पार्किङको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका थिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष देशिराम प्रधान, रामप्रसाद श्रेष्ठ, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, कल्याण जोशी, सहनलाल प्रधान, संघका पदाधिकारी, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीलगायत ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता तथा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।