चितवन । नेपाली कांग्रंसको १४ महाधिवेसन तालिका अन्तर्गत चितवनमा हुने गाँउ , नगर , महानगरको अधिवेशन ३ दिनपछि सरेको छ । यसअघि भदौं २७ गतेलाई तोकिएको गाँउ , नगर , महानगरको अधिवेसन भदौं ३० गते हुने भएको हो ।
जिल्ला निर्वाचन समितीले आज एक विज्ञप्ति जारी गर्दै २७ गतेलाई तोकिएको तिनदिन पछि सारेर ३० गतेलाई तोकेको छ । चितवनको विभिन्न पालिकाको वडा वडामा खटिएका निर्वाचन अधिकृतहरुले वडामा सम्पन्न भएको निर्वाचनको विवरण सहितको फाइलहरु बुझाउने क्रम भइरहेकाले र उक्त विवरणहरु चेकजाँच गरेर मतदाता नामावली तयार गर्न समय अभाव हुने चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए । २७ गतेसम्म सबै तयारी गर्न नसकिने भएकोले ३० गतेलाई निर्वाचन मिति तोकिएको निर्वाचन अधिकृत पोखरेलले बताए ।