चितवन। पर्यटकीय गन्तव्य सौराहामा सडकमा स्ट्रिट नम्बर राख्न थालिएको छ। होटलमा पुग्न पर्यटक अलमल भएसँगै स्ट्रिट नम्बर राख्न थालिएको हो। पर्यटन बोर्ड, होटल संघ नेपाल, क्षेत्रीय होटल संघ र यूएनडीपीको सहयोगमा बोर्ड राख्न थालिएको छ।
क्षेत्रीय होटल संघका सचिव महेश खनालका अनुसार पहिलो चरणमा रत्ननगरका वडा नम्बर ५ देखि ८ सम्म नम्बर राखिँदै छ।
‘पहिलो चरणमा सौरहाको रिङरोडमा स्ट्रिट नम्बर राख्छौँ’, सचिव खनालले भने, ‘करिब ५० वटा स्ट्रिटमा बोर्ड राख्छौँ। यसले सौराहा आउने पर्यटकले होटल तथा रेस्टुरेन्ट पुग्न सहज हुन्छ।’
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा स्ट्रिट नम्बरअनुसार पर्यटक पुग्ने गरेका छन्।