चितवन । खैरहनीमा क्रिष्टल सामाग्री तथा चुरापोते बनाउने ७ दिने तालिम समापन गरिएको छ । एड्वानको आयोजनामा १५ जना आर्थिक स्थिति कमजोर भएका महिलाहरुका लागी उक्त तालिम प्रदान गरिएको एड्वानको अध्यक्ष विन्दु थापा परियारले बताउनुभयो ।
खैरहनी नगरपालिकाको उप-प्रमुख कविता उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा खैरहनी ६ का वडाध्यक्ष कमल प्रसाद न्यौपाने, साना किसानका अध्यक्ष चन्द्र बहादुर लामिछानेलगायतले बोलेका थिए । नगरपालिकाको उप-प्रमुख तथा प्रमुख अतिथी उप्रेतीले एड्वानले गरेका हरेक कार्यक्रम संगै नगरपालिका पनि साथमा रहेको बताउनुभएको थियो । एड्वानको कार्यक्रमबाट प्रदान भएको सिपहरु अधुरो भएको खण्डमा एडभान्स तालिम प्रदान गर्न नगरपालिका तयार हुने उनको भनाई थियो ।
सहभागीहरुलाई प्रतिवेदन प्रस्तुत गर्न लगाईएको उक्त कार्यक्रममा तालिम बाट आर्थिक उपार्जनमा आफुहरु सक्षम हुने एक सहभागी सन्ध्या थपलियाले बताउनुभयो । अर्को सहभागी इश्वरी नेपालीले तालिम आफुहरुको लागी, आफ्नो जिन्दगी परिवर्तनको लागी कोशेढुंगा सावित हुने बताउनुभयो । कार्यक्रम एड्वानको अध्यक्ष विन्दु थापा परियारको अध्यक्षतामा भएको थियो ।